बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बाजुरामा मतगणना गर्ने तयारी भइरहँदा झडप, १२ राउण्ड हवाई फायर

बाजुरामा मतगणना गर्ने तयारी भइरहँदा झडप, १२ राउण्ड हवाई फायर

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भएको हो ।

दुवै पक्षबीच ढुंगामुढा भएर स्थिति तनावपूर्ण भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए ।

उनका अनुसार सशस्त्र प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास सफल भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend