चितवन । चितवन भरतपुरको मेयरमा एमालेका विजय सुवेदीले पुनः अग्रता लिएका छन् । ४०० मत मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई उछिनेका हुन् ।
सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याइन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १०६ मत ल्याइन् ।
वडा नं १ मा वडाध्यक्षका एमाले उम्मेदवार शुक्र श्रेष्ठले १६० र कांग्रेसका केशव महर्जनले १८१ मत ल्याएका छन् ।