काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा एमलोका केशव स्थापित दोस्रो स्थानमा रहेकोमा उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलको अग्रता झनै फराकिलो बन्दै गएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ६४६ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १ हजार ८५२ मत प्राप्त गरेकी छन् ।
उनीसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५३९ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा राप्रपाले ६४४ मत प्राप्त गरेको छ । उपमेयरका सबै प्रत्याशीहरुको जोड्दा पनि सुनिता अग्रस्थानमा छिन् ।