दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अग्रता लिएका छन् । गाउँपालिकाको ८१३ मत गणना हुँदा कार्कीले ५०० मत पाएका छन् ।
यस्तै, प्रतिस्पर्धी तथा नेकपा एमालेका जंग गुरुङले २३४ मत पाएका छन् । यसैगरी, गाउँपालिकाका उपाध्यक्षमा नेपाली काँग्रेसका श्याम सुन्दर तामाङले ३९५ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेकी मुना शिवाकोटीले २६५ मत ल्याएकी छिन् ।