
काठमाडौं । साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार स्थानीय चुनावका कारण सार्वजनिक बिदा थियो। बिहीबार भने सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज सुन प्रतितोला १३ सय रूपैयाँ र चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।
अघिल्लो साता आइतबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ पनि सुन(चाँदीको मूल्यमा गिरावट देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend