चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । ३९७७ मत गणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ३ सय ७२ मत पाएकी छन् ।
एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १ हजार ३ सय ५ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत ल्याएका छन्।
त्यस्तै उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले १ हजार ५ सय ४२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत पाएकी छन्।