logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • जनकपुरधाम–२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

    जनकपुरधाम–२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

    4K
    Shares

     

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ मा पनि नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । आइतवार आएको परिणामअनुसार जनकपुरधाम–२ मा कांग्रेसका शिव कुमार साह ६११ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २९५, नेकपा एमालेका संतोष कुमार साहले १५७ मत ल्याएका छन्।

    यस्तै, कांग्रेसबाटै महिला सदस्यमा सीता देवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरी देवी मुखिया ५५३, सदस्य अमित कुमार साह ४९९, महेश खत्वे ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend