logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नुवाकोटमा १८ वडाको मतगणना सकियो, गठबन्धनले १३ वटा जित्दा एमालेले ५ वटा मात्रै

    नुवाकोटमा १८ वडाको मतगणना सकियो, गठबन्धनले १३ वटा जित्दा एमालेले ५ वटा मात्रै

    2.7K
    Shares

     

    नुवाकोट । नुवाकोटको १३ स्थानीय तहबाट कुल ८८ वटामध्ये हालसम्म १८ वटा वडाको मतगणना सकिएको छ । हालसम्म मतगणना सकिएका वडाहरुमध्ये सबैभन्दा बढी नेपाली काँग्रेसले ७ वटा वडामा जित निकालेको छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रले ६ वटा वडा र नेकपा एमालेले ५ वटा वडा मात्र जितेको छ ।

    चुनावी मत परिणामअनुसार हालसम्म नेपाली काँग्रेसले म्यागङ गाउँपालिका– १ बाट जिमाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका– १ बाट महानन्द ढकाल, किस्पाङ गाउँपालिका– १ बाट पशुपति घले, तारकेश्वर गाउँपालिका– ५ बाट अशोक तामाङ, तादी गाउँपालिका– १ बाट नकुर दोङ तामाङ, लिखु गाउँपालिका– १ बाट नरहरि पाण्डे र सूर्यगढी गाउँपालिका–२ बाट दिपक अधिकारी विजयी भएका छन् ।

    यस्तै, नेकपा माओवादी केन्द्रले तादी गाउँपालिका– २ बाट बच्चुराम तामाङ, शिवपुरी गाउँपालिका–१ बाट सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका– १ बाट राजकुमार तामाङ (रञ्जित), दुप्चेश्वर गाउँपालिका– १ बाट सीताराम तामाङ, २ बाट बीरबल तामाङ र ककनी गाउँपालिका–१ बाट पदमबहादुर बलामी विजयी भएका छन् ।

    यता नेकपा एमाले भने तारकेश्वर गाउँपालिका–६ बाट नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका–२ बाट सन्तबिर तामाङ, वेलकोटगढी नगरपालिका– १ बाट सन्तबहादुर तामाङ, लिखु गाउँपालिका– २ बाट प्रेमबहादुर थापामगर र विदुर नगरपालिका–१ बाट लेलिन रञ्जित विजयी भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend