कैलाली । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता फराकिलो देखिएको छ । उन्मुक्ति पाटीका मेयरका उम्मेदवार रामलाल डगौरा थारुले १७४५ का साथ अग्रता लिएका छन् ।
उनलाई काँग्रेसका नवराज रावल ९८३ का साथ पछ्याईहेका छन् ।
यस्तै उपमेयरमा पनि उन्मुक्ति पार्टीका उम्मेदवार उल्का देवी विश्वकर्माले १३६१ मत ल्याएका छन् । गठबन्धनबाट माओवादीका उपमेयर उम्मेदवार खडक बहादुर शाहले १२१० मतका साथ पछ्याएका छन् । एमालेका उम्मेदवार उपमा देवी केसीले ६४८ पाएकी छन् ।