logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

    जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

    4.6K
    Shares

     

    जुम्ला । कनकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायलाई प्रतिनिधित्व गर्दै कामीले प्यानलै बनाएका थिए । चुनावमा आफ्नो समुदायलाई टिक नै नदिएको भन्दै उनीहरुले समूदायको प्रतिनिधित्व गर्दै धनबहादुरसहित तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

    धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।

    दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल बिजय भइन् । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend