काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मत गणनामा १ मत अघि परेको नेकपा एमाले पुनः मत गणना गर्दा ९ मत अघि परेको छ ।
नेकपा एमालेका उम्मेदवार चन्द्रकाजी लामाले १ मतले लिड गरेको अवस्थामा नेपाली कांग्रेस र माओवादी केन्द्रले पुनः मतगणना गर्न दबाब दिएका थिए। नेकपा एमालेले पुनः मत गणना नगर्ने अडान लिएपनि निर्वाचन अधिकृत पुनः मतगणना गर्न सहमत भएका थिए।
पुन मतगणना गर्दा नेकपा एमालेले ९ मतले अघि परेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।
पुनः मतगणना गर्दा नेपाली कांग्रेसका उमेदवार जनक लामाले ६०३ र एमालेका उमेदवार चन्द्रकाजी लामाले ६१२ मत ल्याएका छन्।
यसअघि उनीहरु दुवैले क्रमशः ६०८ र ६०७ मत पाएका थिए।