logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • प्रचण्डको निर्वाचन क्षेत्रमा गठबन्धन भन्दा एमाले मेयरका उमेद्वार हाबी

    प्रचण्डको निर्वाचन क्षेत्रमा गठबन्धन भन्दा एमाले मेयरका उमेद्वार हाबी

    2.7K
    Shares
    प्रचण्डको निर्वाचन क्षेत्रमा गठबन्धन भन्दा एमाले मेयरका उमेद्वार हाबी

    १ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा एमालेले १३१७ मतका साथ आफ्नो अग्रतालाई कायम राखेको छ ।

    प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको माडीको नगर प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतोले ४ हजार ६३ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार ऋषि काफ्लेले २७ सय ४६ मत ल्याएर पछ्याईरहेका छन्।

    माडी नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसले तालमेल गरेका छन् भने एमालेले राप्रपासँग तालमेल गरेको थियो। त्यसै गरी त्यहाँको उपमेयरतर्फ काँग्रेसका खेम महत्तोले अग्रता लिएका छन् । महतोले २२ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १८ सय १५ र एमाले समर्थित राप्रपाका मदन पौडेलले १८ सय १४ मत पाएका छन् ।

    नगरपालिका वडा नं १, ९ को गणना सकिएको छ । वडा नं १ को वडाध्यक्षमा राप्रपा उम्मेदवार र वडा नं ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । यसअघि माओबादी केन्द्रले जितेको माडी नगरपालिकालाई माओबादी केन्द्रले आफ्नो पकड क्षेत्र भनेर दाबी गर्दै आएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend