सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार बासुदेव अधिकारीले अग्रता लिएका छन् । ६ हजार २४१ मत गणना हुँदा अधिकारीले २ हजार १२० मत पाएका हुन् । मेयरमा नेकपा माओवादी केन्द्रका प्रह्लाद बुढाथोकीले एक हजार ५४३ र नेकपा एमालेका गोविन्दबहादुर महतले एक हजार ५११ मत पाएका छन् ।
मेयरमै लोसपा नेपालका सुनिलकुमार साहले १८० र जसपा नेपालका पञ्चराम लो तामाङले ७२ मत पाएका छन् । यस्तै, राप्रपाका उमेश खड्काले ६७ मत पाएका छन् ।