जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेस उम्मेदवार महेन्द्र शाह १ हजार ४४० मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका उम्मेदवार वीर बहादुर गिरीले उनलाई पछ्याइरहेका छन् । गिरीले १ हजार २० मत पाएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरीले १ हजार १०६ मत पाउँदा एमालेकी गीता सिंहले १ हजार ६३ मत पाएकी छन्।