बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मकवानपुरको हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

मकवानपुरको हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

 

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दिपक सिंहले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार ९०२९ मत गन्दा सिंहले २७१० मत प्राप्त गरेका छन् ।

यसअघि अग्रता लिइरहेकी नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाले २६६९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २४३४ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ३९८२ मतसहित अग्रता लिएका छन् भने नेकपा एमालेकी सुमित्रा काफ्लेले ३०१६ मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ८०३ मत पाएकी छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend