मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बझाङको बुङ्गल नगरपालिकाको मेयरमा कांग्रेसका जयबहादुर विजयी

बझाङको बुङ्गल नगरपालिकाको मेयरमा कांग्रेसका जयबहादुर विजयी

बझाङ । बझाङको बुंगल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार जयबहादुर धामी निर्वाचित भएका छन्। उनले ७ हजार ६ सय १५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनदेवी कुँवरले ३२७१ मत ल्याएकी थिइन्।

उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा निर्वाचित भए। उनले ६६४६ मत ल्याएका छन्। एमालेका उम्मेदवार अम्मराज जोशीले २९३२ मत प्राप्त गरेका थिए ।

११ वडा रहेको बुङ्गल नगरपालिकामा ८ वडामा गठबन्धन बिजयी भएको छ भने ३ वडामा स्वतन्त्रले जितेका छन्। यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए।

०७४ मा यहाँ कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend