सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

विजय उत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु, १३ जना घाइते

विजय उत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु, १३ जना घाइते

 

सल्यान । सल्यानमा गुडिरहेको गाडीमा बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा २६ वर्षका लोकेन्द्र राना र २२ वर्षका गोपाल बुढा रहेका छन् ।

जिल्लाको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र एमाले गठबन्धनको विजयउत्सवमा आउँदै गरेको गाडीमा करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारीअनुसार बस्नेतज्युला भन्ने स्थानबाट शान्तिबजार आउँदै गरेका सर्वसाधारण चढेको गाडीमा करेन्ट लागेको थियो । गाडीको छतमा बसेकाहरुलाई विद्युतको तारले छुँदा घटना भएको सल्यानका डीएसपी सुमित खड्काले बताए ।

उनले भने, ‘गाडीको छतमा बसेकाहरुलाई विद्युतको तारले छुँदा दुर्घटना भएको हो, घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend