बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पोखरा महानगरमा गठबन्धनको अग्रता, उपमेयरमा एमाले अगाडी

पोखरा महानगरमा गठबन्धनको अग्रता, उपमेयरमा एमाले अगाडी

 

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै छ । ११ हजार मत गन्दा आचार्यले ४४७८ मतका साथ अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४१२४ मतका साथ पछ्याइराखेका छन् । आचार्यसँग थापा २५४ मतले पछाडि रहेका छन् ।

त्यस्तै उपमेयरमा एमालेले अग्रता लिएको छ । एमालेकी मञ्जुदेवी गुरुङले ४७१४ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ४५७० मत ल्याएकी हुन् । काँग्रेसकी रानाभाट १४४ मतले एमालेकी गुरुङभन्दा पछाडि छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend