logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • शङ्खरापुर नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

    शङ्खरापुर नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

    8K
    Shares

    काठमाडौं । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले दुई हजार ३१७ मत पाएका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाएका छन् ।

    नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उनले तीन हजार ४९४ मत पाएका छन् । उपप्रमुखमा नेकपा मोओवादी केन्द्रकी चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएकी छन् । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छन् । एमालेकी लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याईरहेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend