logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हुम्लाका तीन गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    हुम्लाका तीन गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    5.2K
    Shares

     

    सुर्खेत । हुम्ला जिल्लाका तीनवटा स्थानीय तहमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर रावल १ हजार ८१० मतका साथ पालिकाको अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश शाहीले १ हजार १९५ मत ल्याएका थिए ।

    यसैगरी, उपाध्यक्ष पदमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह ९भरत० १ हजार ८७२ मतका साथ विजयी भएका छन् ।

    तांजाकोट गाउँपालिकामा माओवादी केन्द्रका लालकेस जैशी एक हजार ८१० मतका साथ विजयी भएका छन् । केसीका प्रतिद्वन्द्वी नेकपा एमालेका अजमल बुढाले ९९५ मत ल्याएका थिए ।

    यसैगरी, गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसका सुरेन्द्रबहादुर थापा एक हजार तीन सय ९५ मतका साथ विजयी भएका छन् । थापाकी प्रतिद्वन्द्वी नेकपा एमालेकी रुपचन्द्रा ऐडीले कुल ४७७ मत ल्याएकी थिइन् ।

    नाम्खा गाउँपालिकामा माओवादी केन्द्रका प्रेमबहादुर लामा एक हजार ३२३ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर लामा ९स्वतन्त्र० ले ६२३ मत ल्याएका थिए ।

    नाम्खाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार तक्दिर लामा एक हजार ९४ मतका साथ विजयी भएका छन् । लामाका प्रतिद्वन्द्वी नेकपा एमालेका नोर्साङ तामाङले ७६२ मत ल्याएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend