logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई सभामुख सापकोटाको अपील

    संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई सभामुख सापकोटाको अपील

    5.6K
    Shares

     

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरेका छन् । सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मंगलबार (भोली)देखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरेका हुन् ।

    उनले आफ्नो कुराकानी नभएपनि कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताए । सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरुका बिचमा समझदारी बन्ने विश्वास व्यक्त गरे ।

    सभामुख सापकोटाले बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रीत हुने बताए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए ।

    उनले सर्वसम्मत् भइसकेको विधेयकहरुलाई अगाडी बढाउनका लागि राजनीतिक दलहरुका बिचमा समझदारी भएमा त्यसलाई अगाडी बढाउन संसद सचिवालय तयार रहेको स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend