रौतहट । रौतहटको कटहरिया नगरपालिकामा नेकपा एकीकृत समाजवादीले विजयी छ । कटहरिया वडा नम्बर १ मा समाजवादीका भुपेन्द्र कुश्वाहा विजयी भएका हुन् ।
कुश्वाहा ८२८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपलाल यादवले कुल ७५१ मत प्राप्त गरे । कुल ९ वडा रहेको कटहरियामा हाल २ र ३ वडाको मतगणना जारी छ ।