logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन निर्वाचित

    ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन निर्वाचित

    6.5K
    Shares

    काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन निर्वाचित भएका छन् ।

    १८३० मत पाएका उनले नेकपा एमालेका पुरुषोत्तम थापा मगर र नेपाली कांग्रेसका विनयप्रसाद जोशीलाई पराजित गरे । एमालेका थापाले ६०७ र कांग्रेसका जोशीले ५६० मत पाए ।

    ललितपुर महानगरपालिकामा हालसम्म ८०८० मत गणना भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसका चिरिबाबु महर्जनले चार हजार ७२८ र नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ६८३ मत पाएका छन् ।

    त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यले दुई हजार ८३ मत पाएकी छन् भने नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले एक हजार ५२४ मत पाएका छन् ।

    ललितपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend