logo

२०८१ जेष्ठ २० आइतबार

logo
  • आइतबार, २० जेष्ठ २०८१
  • मतपरिणाम बराबर आएपछि कांग्रेसले मतपत्र च्यात्यो

    मतपरिणाम बराबर आएपछि कांग्रेसले मतपत्र च्यात्यो

    7.4K
    Shares

    ओखलढुंगा । ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले २ वटा मतपत्र च्यातेका हुन् ।

    कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ । मतपत्र च्यात्ने कांग्रेस सचिव ढुंगानासहितका कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुकदेव खनालले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    चिशंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ। पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडा नम्बर ३ मा माओवादी र कांग्रेसकै वडाध्यक्षका उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना गर्न थालिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend