काठमाडौं । नेकपा एमालेले ओखलढुंगाको मोलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ।
एमालेका उम्मेदवार उत्तम राईले ४०५२ मतसहित अध्यक्ष जितेका हुन्।
उनले नेपाली कांग्रेसका राजनकुमार दाहाललाई हराए। दाहालले ३४६२ मत ल्याएका थिए।
उपाध्यक्षमा पनि एमाले उम्मदेवार विजयी भएको छ । उपाध्यक्षमा ४२०० मतसहित उर्मिला खतिवडा निर्वाचित भइन्।
नेकपा माओवादी केन्द्रका कुलबहादुर खत्री उपमेयरमा पराजित भए। उनले २०९६ मत पाएका छन्।
यहाँ कांग्रेस–माओवादीबीच चुनावी गठबन्धन भएको थियो ।