logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ललितपुरमा चिरिबाबुको अग्रता कायम

    ललितपुरमा चिरिबाबुको अग्रता कायम

    5.5K
    Shares

     

    काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले दोब्बर भन्दाबढी मतले अग्रता कायम गरेका छन् । सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका महर्जन निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार भन्दा ४ हजार २४४ मतले अगाडि छन् ।

    यसअघि पनि महानगरको मेयर भएर एक कार्यकाल पूरा गरिसकेका महर्जनले कुल १३ हजार ४२० मत गणना हुँदा ७ हजार ४९६ मत प्राप्त गरेका छन् भने व्यञ्जनकारले ३ हजार २५२ मत प्राप्त गरेका छन्।

    राप्रपाका उम्मेदवार अष्टबहादुर शाक्य महर्जन र व्यञ्जनकार भन्दा धेरै मतले पछाडि रहेका छन्।

    यसैगरी, उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्यले ३ हजार ८४८ मत प्राप्त गरेकी छन् भने नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्य २ हजार ३५४ मत प्राप्त गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend