logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बझाङमा मतपरिणाम सार्वजनिक भएका पालिकामध्ये कसले कति जिते ?

    बझाङमा मतपरिणाम सार्वजनिक भएका पालिकामध्ये कसले कति जिते ?

    4.4K
    Shares

    बझाङ । बझाङमा अहिलेसम्म आठवटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम सार्वजनिक भएका पालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले चार, एमालेले तीन र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ ।

    कांग्रेसले बुंगल नगरपालिका, बित्थडचिर, खप्तडछान्ना र मष्टा गाउँपालिकामा जित हात पारेको छ । त्यस्तै, एमालेले थलारा, तल्कोट र साइपाल गाउँपालिकामा जित हात पारेको छ । यस्तै माओवादीले दुर्गाथली गाउँपालिकामा जित हात पारेको छ ।

    जिल्लाको बुंगल नगरपालिका प्रमुखमा कांग्रेसका जयबहादुर धामी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा विजयी भएका छन् । त्यस्तै, बित्थडचिर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अम्मरबहादुर महर विजयी भएका छन् ।

    उपाध्यक्षमा कांग्रेसकै धनलक्ष्मी कुमारी सिंह मल्ल विजयी भएकी छन् । खप्तडछान्ना गाउँपालिका अध्यक्षमा कांग्रेसका उत्तम रोकाया विजयी भए । उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु थापा विजयी भएका छन् ।

    मष्टा गाउँपालिका अध्यक्षमा कांग्रेसका ज्ञानबहादुर बोहरा निर्वाचित भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका हर्क धामी विजयी भए । थलारा गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् ।

    उपाध्यक्षमा कांग्रेसका राम खाती विजयी भएका छन् । यस्तै, तल्कोट गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका कलक बहादुर रोकाया विजयी हुँदा उपाध्यक्षमा पनि नेकपा एमालेकै पार्वती भण्डारी विजयी भएकी छन् । साइपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि नेकपाकै उम्मेदवार विजयी भएका छन् ।

    साइपाल गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहरा र उपाध्यक्षमा एमालेकै डोल्मा तामाङ विजयी भएका हुन् । दुर्गाथली गाउँपालिकामा माओवादी केन्द्रका दिलबहादुर थापा अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसका जनक दौल्याल विजयी भएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend