काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज युगान्डाविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । त्यससँगै नेपाल पाँच खेलको शृंखलामा १–० ले पछि परेको छ ।