
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट आएको जंगली हात्तीको आक्रमणबाट पशुपति टोल बस्ने ७० वर्षीया पेना किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend