logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको वर्चस्व कायम: ७ वडामध्ये ५ वटामा एमालेको प्यानल नै विजयी

    एमालेको वर्चस्व कायम: ७ वडामध्ये ५ वटामा एमालेको प्यानल नै विजयी

    12.7K
    Shares

     

    कानेपोखरी । स्थानीय तह निर्वाचन २०७९, मोरङ स्थित कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले आफ्नो वर्चस्व कायम राखेको छ । जम्मा ७ वटा वडा रहेको गाउँपालिकामा वडा नं १, २, ३, ५, ६, ७ का मत गणना भइसकेका छन्, जसमा वडा नं २, ३, ५, ६ र ७ मा एमाले प्यानलसहित विजयी भएको छ।

    मत गणनापश्चात कार्यकर्ताहरुले विजयी उमेद्वारहरुलाई माला, अविरसहित मत गणना स्थलबाट आफ्नो वडा लगेका थिए। पाँचवटै वडामा एमालेको प्यानल नै विजयी भए पनि १ नं वडामा भने वडाअध्यक्षमा कांग्रेससहित सदस्यहरुमा एमाले र कांग्रेसलाई मिश्रित मत प्राप्त भएको थियो ।

    नेपाली कांग्रेसबाट वडाध्यक्षमा रत्नबहादुर कार्की १,१०८ मत प्राप्त गर्दै विजयी बने भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तोर्णबहादुर कार्कीले ८५२ मत प्राप्त गरे। महिला दलित सदस्यमा एमालेबाट तुलसादेवी नेपाली, खुल्ला सदस्य एमालेबाट रामजी भण्डारी, महिला सदस्यमा नेपाली कांग्रेसबाट बिमला बुढाथोकी, खुल्ला सदस्य नेपाली कांग्रेसबाट दिपेशकुमार थापा विजयी बने।

    वडा नं २ बाट वडाध्यक्षमा सुशिल बुडाथोकी, महिला सदस्य सावित्रा चौधरी, दलित महिला सदस्य किना ऋषिदेव, वडा सदस्यहरु केशव दाहाल, भिमबहादुर कार्कीसहित नेकपा एमालेको सिगो प्यानल नै विजयी बन्यो।

    वडा नं ३ बाट वडाध्यक्षमा गोपाल कार्की, वडा सदस्यहरु सरस्वती काफ्ले, डिल्लिमान गिरी, लोकबहादुर लिम्बु, अनारवती मुसहरसहित नेकपा एमालेको प्यानल नै विजयी बन्यो।

    वडा नं ५ बाट वडाध्यक्षमा चरण गुरुङ, वडा सदस्यहरुमा दिपक लुईटेल, रखिलाल चौधरी, शुशिला धिमाल, प्रमिला परियारसहित नेकपा एमालेको प्यानल नै विजयी बन्यो।

    वडा नं ७ बाट वडाध्यक्षमा मोहनप्रसाद अधिकारी, खुल्ला वडा सदस्यहरु जितबहादुर लिम्बु, जीवन सुब्बा ९लिम्बु०, खुल्ला महिला वडा सदस्य पदमकुमारी कार्की, दलित महिला सदस्य रुविना ताम्राकार ९विक० सहित नेकपा एमालेको प्यानल नै विजयी बन्यो।

    वडा नं ६ बाट वडाअध्यक्षमा खड्गबहादुर बस्नेत, खुल्ला महिला सदस्य सुशिला श्रेष्ठ, दलित महिला सदस्य दुर्गा नेपाली, खुल्ला सदस्यहरु राजकुमार लिम्बु, नारायणकुमार बस्नेतसहित नेकपा एमालेको प्यानल विजयी बन्यो।

    कानेपोखरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट राजमति ईङ्नाम अग्रस्थानमा लिड गरिरहेकी छिन् भने क्रमस नेपाली कांग्रेसबाट संञ्जय भट्टराई, माओवादीबाट सुर्य धिमाल, राप्रपाबाट मोहन गौतम पछ्याईरहेका छन्। उपाध्यक्षमा नेकपा एमालेबाट भोला अधिकारी भारी मतका साथ अगाडी छन् भने क्रमशस् नेपाली कांग्रेसबाट मनकुमारी गुरुङ, माओवादीबाट तारा ओझा, राप्रपाबाट बिन्दा नेपाल पछ्याइरहेका छन्।

    वडा नं ४ को मत गणना जारी छ। कुल जनसंख्या ४३ हजार १ सय ७७ रहेको कानेपोखरी गाउँपालिकाको कुल मतदाता संख्या ३४,०४५ मध्ये २२,७३३ जनाले १३ वटा मतदान केन्द्रमा मतदान गरेका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend