logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विष्णुपुर गाउँपालिकामा एमालेका यादव जसपाकी सिंह विजयी

    विष्णुपुर गाउँपालिकामा एमालेका यादव जसपाकी सिंह विजयी

    5.8K
    Shares

    सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकी गीता कुमारी सिंह विजयी भएका छन् ।

    अध्यक्ष यादवले दुई हजार एक सय ५१ मत ल्याएका छन । उनी ३४ मतले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार एक सय १७ मत ल्याएका छन् ।

    यस्तै, उपाध्यक्षमा जसपाकी गीताकुमारी सिंह दुई हजार दुई सय ७२ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार नौ सय ६९ मत पाएकी छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend