काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान गठबन्धन सरकारका कारण देश नै अफ्ठेरोमा पर्न थालेपछि एमालेले संसदको अवरोध हटाउने निर्णय गरेको बताएका छन् । उनले आज मङ्गलवारको संसद् बैठकमा एमालेले अब संसद् बैठक अवरोध नगर्ने र फरक ढङ्गले विरोध गर्ने बताए ।
अहिलेको सरकारका कारण महँगी बढेको, अर्थतन्त्र धरापमा परेको, विकास खर्च नभएको, प्रधानन्यायाधीश, गभर्नर, प्रहरी प्रमुख लगायतका व्यक्ति र संस्थामाथि हस्तक्षेप गरेको लगायतका कारण देश अफ्ठेरोमा परेको र यसलाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले एमालेले अवरोध त्यागेको उनको भनाइ छ ।