logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिनिधि सभामा विभिन्न ८ विधेयक पेस, अर्को बैठक भोलि बस्ने

    प्रतिनिधि सभामा विभिन्न ८ विधेयक पेस, अर्को बैठक भोलि बस्ने

    5.4K
    Shares

     

    काठमाडौं । प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस भएको छ । मंगलवारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका हुन् । प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरे ।

    त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेस गरेका छन् ।

    त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गरेकी छन् ।

    त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाबिरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गरेका छन् ।

    प्रतिनिधि सभाको मंगलवारको बैठकमा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २५० को उपनियम १ बमोजिम उक्त नियमावलीको नियम ४२ को उपनियम ४ लाई तत्कालका लागि निलम्वन गरियोस् भनि प्रश्ताव पेस गरिन् । उक्त प्रश्ताव सदनमा बहुमतका साथ पास भएको सभामुख अग्निप्रसाद सापकोटाले बताईन् ।

    नियम निलम्बनको प्रश्तावमा जेठ ४ गते (भोलि) प्रतिनिधिसभामा छलफल हुने सभामुख सापकोटाले बताए । प्रतिनिधि सभाको अर्को बैठक भोलि (बुधवार) दिउँसो १ बजे बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend