logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश

    आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश

    4.2K
    Shares

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेका हुन् ।

    उनले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताए । अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने उल्लेख गरे । उनले विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने उल्लेख गरे ।

    मन्त्री शर्माले आन्तरिक उत्पादन घट्दै गएको र आयात अत्याधिक रुपमा बढ्दै गएकाले वर्तमान अर्थतन्त्रमा चुनौति रहेको दोहो¥याए । उनले आगामी आर्थिक वर्षको बजेट उत्पादन बढाउने र आयातलाई घटाउनमा केन्द्रित हुने उल्लेख गरे । आगामी आर्थिक वर्षको बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुने पनि अर्थमन्त्री शर्माको भनाइ छ । उनले बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट विनियोजन गर्ने बताए ।

    मन्त्री शर्माले कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउँदै लैजाने उल्लेख गरे । उनले सन्तुलित र समावेशी आर्थिक विकास गरी ग्रामिण विकास र सामाजिक न्यायलाई प्राथमिकता दिएर बजेट निर्माण गरिने बताए । आगामी बजेट निर्माण गर्दा विनियोजित कुशलता र मितव्ययिता, सेवा प्रवाहमा सुधार तथा स्रोत परिचालनमा प्रभावकारी बनाउने अर्थमन्त्री शमाले बताए । कृषि र उद्योग प्रवर्द्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले बजेटमा सम्बोधन गर्ने उनले बताए । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेट आउने मन्त्री शर्माले बताउनुभयो । उनले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने बताए । मुलुकमा भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने समेत अर्थमन्त्रीले उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend