काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलले अग्रता बढाएकी छन् । २९ हजार ३५३ मत गणना हुँदा सुनिताले ११ हजार ४८५ मत पाएकी छिन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) ले ३ हजार ३८७ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले २ हजार ७६ मत पाउँदा आँखी झ्याल चुनाव चिह्नमा निर्वाचन लडेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ९०८ मत पाएकी छन् ।
१ हजार ४९ मत बदर भएको छ ।