काठमाडौं । झापाको कन्काई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली काँग्रेसका आशा शिवाकोटी निर्वाचित भएका छन् । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भए ।
पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी काँग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत प्राप्त गरे । स्वतन्त्रबाट उम्मेदवार शेरबहादुर थापाले ५ हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत पाए ।
यसैगरी उपप्रमुखमा भने काँग्रेसका शिवाकोटी १० हजार ७१३ मत प्राप्त गरी विजय भए । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरिन् । उनले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गरिन् । मञ्जु यसअघि नगरउपप्रमुख थिइन् ।