शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका घननारायण श्रेष्ठले ६ हजार ५ सय ८१ मत पाए ।

उपमेयरमा नेकपा एमालेका बिना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत ल्याइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend