धरान । धरान उपमहानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । लौरो चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार हर्कराज राईले आठ हजार ४६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले सात हजार ९९६ मत पाएका छन् ।
तेस्रो नम्बरमा रहेकी नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ५७८ मत पाएकी छन्।