बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

ललितपुर । मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ । गएराति सवा १० बजेतिर ललितपुरको ग्वार्कोस्थित नमस्ते पेट्रोलपम्प नजिकै मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

कोटेश्वरबाट ग्वार्कोतर्फ आइरहेको बाग्मती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको बुलेट मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ३८ वर्षीय पुरुषको बीएण्डबी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

ललितपुरकै नख्खुमा बसोवास गर्ने ४२ वर्षीय मोटरसाइकल चालक देवबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend