logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • देवदह नगरमा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी

    देवदह नगरमा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी

    3.8K
    Shares

     

    बुटवल । रुपन्देहीको देवदहमा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् । प्रमुख एमालेका ध्रुव खरेल र उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।

    यहाँ प्रमुखका लागि नेपाली कांग्रेसका हिरा केसी, राप्रपाका माधवप्रसाद उपाध्याय रिमाललगायत उमेदवार प्रतिस्पर्धामा थिए ।

    उपप्रमुखका लागि नेकपा (माओवादी केन्द्र)की उमेदवार सुन्दरी गिरी, राप्रपाकी निर्मला घर्ती क्षेत्रीलगायत उमेदवार प्रतिस्पर्धामा थिए ।

    विजयको आधिकारिक घोषणा हुन भने बाँकी छ । एमाले उमेदवारले अग्रता लिएको भन्दा कम मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय देवदहले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend