logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३२० स्थानीय तहको नतिजा आउन बाँकी

    ३२० स्थानीय तहको नतिजा आउन बाँकी

    4.3K
    Shares

    काठमाडौं । ७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ ।

    ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन अयोगले बुधबार दिउँसो गरेको अपडेटमा छ ।

    ४३३ स्थानीय तहमध्ये हालसम्म काँग्रेसले १९८, नेकपा एमालेले १२०,माओवादी केन्द्रले ८७, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र स्वतन्त्र गरी ३० रहेका छन् । वैशाख ३० मा निर्वाचन भएका कतिपय स्थानमा मतगणना भर्खर मात्र सुरु भएको छ भने कतिपयमा वैशाख ३० पछि पनि निर्वाचन भएको छ । जसले गर्दा पनि नतिजा आउन ढिलाइ भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend