logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचनको मत परिणाम हाम्रो पार्टीका लागि उत्साहजनक रहेको छ: वर्षमान पुन

    स्थानीय तह निर्वाचनको मत परिणाम हाम्रो पार्टीका लागि उत्साहजनक रहेको छ: वर्षमान पुन

    6.1K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन् ।

    उनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिए । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भएपनि आन्तरिक मतभेदहरु मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताए । उनले भने – ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ । धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेण्डा देशमा स्थापित छ । त्यो एजेण्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ । अपेक्षा यो भन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरु मिलाउने, आन्तरिक मतभेदहरु मिलाउनेमा हामी सकेनौँ । नत्र यो भन्दा राम्रो हुन्थ्यो ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend