logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ: पुष्पा भुसाल

    आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ: पुष्पा भुसाल

    4.7K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसकि सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताएकी छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सचेतक भुसालले आगामी संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताएकी हुन् ।

    पार्टीले गठबन्धनलाई कायम राख्ने सोच बनाउन उनले बताईन् । उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महशुस भएको बताईन् । उनले कांग्रेसको काँधमा जिम्मेवारी थपिएको बताईन् । उनले भनिन्– ‘नेपाली कांग्रेसले जुन अग्रता लिइराखेको छ, त्यसबाट आम जनताको नेपाली कांग्रेस प्रतिको आस्था, विश्वास बढेको हामीले महशुस गरेका छौँ । नेपाली कांग्रेसको काँधमा केही जिम्मेवारी पनि थपिएको हामीले महशुस गरेका छौँ र यही निर्वाचनलाई भोलिको दिनमा प्रदेश र केन्द्रको निर्वाचनमा समेत यसैगरी यही गठबन्धनको माध्यमबाट प्रदेश र केन्द्रीय निर्वाचनमा पनि अगाडी बढ्ने सोच राखिएको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend