बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नेकपा एमालेले खोस्यो कांग्रेसबाट बाराको निजगढ

नेकपा एमालेले खोस्यो कांग्रेसबाट बाराको निजगढ

काठमाडौं । नेकपा एमालेले बाराको निजगढ नगरपालिकाको मेयर र उपमेयर जितेको छ । एमाले उम्मेदवार सुरथ पुरी मेयर निर्वाचित भएका छन्। उनले ९४७५ मत ल्याएका छन् ।

उनले कांग्रेसका सुरेशकुमार खनाललाई हराए। खनालले ८७४३ मत ल्याएका थिए। यस्तै उपमेयरमा पनि एमाले उम्मेदवार विजयी भएका छन्। सोममाया थिङ उपमेयर जितेकी हुन्। उनले ८६५९ मत ल्याएकी छन्।

यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार रविराज दंगाल पराजित भए। उनले ८५१८ मत ल्याएका थिए। यहाँ कांग्रेस(माओवादीबीच चुनावी तालमेल भएको थियो। ०७४ मा निजगढको मेयर कांग्रेसले जितेको थियो भने एमालेले उपमेयर जितेको थियो। त्यसबेला पनि कांग्रेस(माओवादीबीच चुनावी तालमेल थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend