काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । दाँतमा समस्या देखिएपछि ओली मंगलबार अस्पताल गएका थिए ।
अस्वस्थताकै कारण मंगलबार बिहान मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा ओली सहभागी भएका थिएनन्। दिउँसो उनी संसद बैठकमा पनि अनुपस्थित थिए ।