काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २५२९ मतको अग्रता बनाएकी छन् । बुधबार राति ११ः५५ बजेको अध्यावधिक विवरणअनुसार उनको मतान्तर थप बढेको हो ।
भरतपुरमा आजसम्म ३४१८१ मतगणना सम्पन्न भएको छ । जसमा रेनु दाहालले १२७२९ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले १०२०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५४८१ मत पाएका छन्।
यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४९९० मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८२७७ मत पाएकी छन् ।
म