logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • गठबन्धनलाई पछिपार्दै सूर्यविनायकमा दोहोरियो एमाले, मेयर र उपमेयर एमालेको पोल्टोमा

    गठबन्धनलाई पछिपार्दै सूर्यविनायकमा दोहोरियो एमाले, मेयर र उपमेयर एमालेको पोल्टोमा

    2.1K
    Shares

    काठमाडौं । सूर्यविनायक नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रुमखमा एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई १५२६ मतले हराउँदै थापा निर्वाचित भएका हुन् ।

    थापाले १४ हजार ७ सय ५८ मत ल्याए भने ढुंगेलले १३ हजार २ सय ३२ मत पाए ।

    यस्तै उपप्रमुखमा पनि एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले १३ हजार ४ सय ९० मतसहित गठबन्धनबाट उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८ सय २९ मत अन्तरले पराजित गरेकी हुन । बस्नेतले ६ हजार ६ सय ६१ मत मात्र पाएका छन् ।

    सूर्यविनायक नगरका १० मध्ये पाँच वडामा एमाले र पाँच वडा अध्यक्ष काँग्रेसले जितेको छ। काँग्रेसले २, ३, ४, ६ र ९ नं मा जित हात पार्न सफल हुँदा एमालेले वडा नम्बर १, ५, ७, ८ र १० मा जित निकालेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend