logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललितपुरमा चिरिबाबु र मञ्जलीको अग्रता कायमै, वडा नं.११ मा कांग्रेस विजयी

    ललितपुरमा चिरिबाबु र मञ्जलीको अग्रता कायमै, वडा नं.११ मा कांग्रेस विजयी

    5.9K
    Shares

    काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ७ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

    आज बिहानसम्म ३१ हजार १९ मत गणना गर्दा महर्जनले १६ हजार ४०९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९३७ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ३४१ मत पाए ।

    उपप्रमुख पदमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ८८४० मत सहित अग्रता कायम राखेकी छन् । माओवादी केन्द्रका बाबुराज बज्राचार्य मञ्जलीभन्दा २ हजार २५७ मत अन्तरले पछाडि छन् । बाबुराजले ६ हजार ५८३ मत पाएका छन् । राप्रपाकी स्वर्निमा शाक्यले २ हजार ४२५ मत पाएकी छन् ।

    ललितपुर माहानगरपालिका वडा नं१० मा नेपाली कांग्रेसका रबिनमान व्यञ्जनकार ८२८ मत प्राप्त गर्दै र वडा नं ११ मा नेपाली कांग्रेसकै अरोज कुमार खड्गी ७८४ मतसहित विजयी भएका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend