logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीको घोडाघोडीमा एकीकृत समाजवादी विजयी

    कैलालीको घोडाघोडीमा एकीकृत समाजवादी विजयी

    6.2K
    Shares

     

    धनगढी । कैलालीको घोडाघोडीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार खडकबहादुर रावत विजयी भएका छन् । उनले एमालेका ममताप्रसाद चौधरीलाई फराकिलो मतान्तरमा पराजित गरेका छन् । समाजवादीका रावतले १३ हजार १ सय २८ मत प्राप्त गरी विजयी भएका छन् ।

    उनका प्रतिद्वन्द्वी निर्वतमान मेयर ममताप्रसाद चौधरीले ८ हजार २ सय ४१ मत मात्रै प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन् । उनले १२ हजार २ सय ७० मत प्राप्त गरेकी छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी करुणादेवी कटालाले ६ हजार ९ सय ६३ मत प्राप्त गरेकी छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend