काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेका छन् । बुधबार स्थगित भएर बिहानदेखि सुरु भएको मतगणनामा साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् ।
लौरो चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका कांग्रेसका राईले ८ हजार ४७९ मत ल्याएका छन् ।
नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ९४६ मत ल्याएर तेस्रो स्थानमा छन् । धरानमा हालसम्म ८, ९, १०, ११, १२, १९ र २० नम्बर वडाको मतगणना भएको छ ।